सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा आजदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु

२०७६ पुष २७, ०७:०७ खबर संवाददाता

अत्तरिया- कैलालीको अत्तरियामा आजदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु भएको छ। ‘सम्वृद्ध सुदूरपश्चिमको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि महोत्सव सुरु भएको हो।

महोत्सवको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गरिन्। उद्घाटन कार्यक्रमका सभापति संघका अध्यक्ष असोक देवकोटा रहेका थिए। उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको यो पाँचौ संस्करण हो। महोत्सवमा एक सय ५० स्टल राखिएका छन्। १० दिन सम्म चल्ने महोत्सवमा झण्डै तीन करोड रकम बराबरको कारोबार हुने अपेक्षा आयोजकको छ।

कमेन्ट लोड गर्नुस