सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियामा एक जना नेपालीको पोखरीमा डुबेर मृत्यु

२०७६ पुष २७, ०५:२१ खबर संवाददाता

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका एक जना नेपालीको पोखरीमा डुबेर मृत्यु भएको छ। धादिङको थाक्रे गाउँपालिका घर भएका बुद्धिमान तामाङको मृत्यु भएको बताइएको छ।

माछालाई आहारा हाल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको परिवार स्रोतले बताएको छ। उनी मलेसियाको क्वालालाम्पुरमा रहेको य सुन यक्वाकल्टर कम्पनीमा काम गर्दै आएका थिए।

८ वर्षअघि मलेसिया गएका तामाङ अहिलेसम्म एकपटक पनि नेपाल आएका थिएनन्। तामाङका २४ वर्षीय छोरा र १७ वर्षीया छोरी छन्। मृतकको शव नेपाल ल्याउने तयारी भैरहेको परिवारले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस