सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नगद र गहना लुटपाटमा संलग्न तीन युवती सहित ६ जना पक्राउ

२०७६ पुष २७, ०२:१८ खबर संवाददाता

धनगढीमा नगद र गरगहना लुटपाटमा संलग्न तीन युवती सहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले शनिबार ७० हजार नगद र तिलहरी लगायतका सुनका गरगहना चोरीमा संलग्न छ जनालाई पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले विरगञ्ज उपमहानगरपालिका घर भएर धनगढीका विभिन्न स्थानबाट चोरी गर्ने ४० वर्षीया रन्जु मुसहर, ७० वर्षीय कलमी मुसहर, १८ वर्षीया उषा मुसहर, ६० वर्षीय जोगिन्द्र मुसहर, ३० वर्षीय जितेन्द्र, मुसहर र २० वर्षीया वविना मुसहरलाई नगद र गरगहना सहित पक्राउ गरिएको दिनेश खबरलाई बताए।

उनीहरु विरुद्ध चोरी शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरी निरिक्षक कार्कीले बताए। उनीहरुले विभिन्न स्थानबाट नगद र गहना चोरी गरेको बुझिएको प्रहरीले जनाएको छ। 

 

 

कमेन्ट लोड गर्नुस