गायक धामीको घुम्न जाऔँ सुदूरपश्चिम गीतको लोकापर्ण
घुम्न जाऔँ सुदूरपश्चिम गीतको लोकापर्ण गरिएको छ। भ्रमण वर्ष २०२० लाई टेवा पुग्ने गरी सिर्जना गरिएको गीतको आज धनगढीमा लोकापर्ण गरिएको हो। नेपाल पर्यटन पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव समेत रहेका दार्चुलाका पत्रकार एवं गायक कृष्ण धामीले रचना गरेको उक्त गीतका एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले लोकापर्ण गरेकी हुन्।
‘सुदूरपश्चिमका ८८ वटै स्थानीय तह समेटिने गरी गीत सिर्जना गरेको छुँ।’ गीतका सर्जक धामीले भने, ‘आफ्नै लगानीमा तयार गरिएको गीतको अडियो मात्र सर्वजनिक भएको छ।’ उनले भने। गीतमा हाल सम्म ३० हजार खर्च भएको धामीले बताए।
‘आर्थिक समस्याकै कारण भिडियो सार्वजनिक गर्न समय लागेको हो।’ धामीले भने ‘अबको एक महिना भित्रै भिडियो पनि सार्वजनिक हुन्छ।’ ९ मिनेट १५ सेकेण्डको उक्त गीतको लय, शब्द धामीले नै सिर्जना गरेका हुन भने आवाज पनि धामी र पुर्णकला विसीको छ।
यो गीत सार्वजनिक भईसकेका कारण अन्यले पनि डोटेली तथा थारु भाषामा समेत गाउन सक्ने धामीले बताए। ‘यसमा कपिराईट लाग्ने छैन्।’ धामीले भने। झण्डै एक सय ५० शब्द रहेको घुम्न जाऔँ सुदूरपश्चिम वोलको गित सार्वजनिक गरेका धामीले यसअघी दुईवटा गीत बजार ल्याईसकेका छन्।
उक्त गित लोकापर्ण गर्दै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भट्टले गीतबाट नै पर्यटक भित्र्याउन सकिने बताईन्। कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी उप–सभामुख निर्मला वडाल जोशी र प्रदेशसभा सदस्य पुर्णा जोशी, दुर्गा विक, देवकी मल्ल लगायतकाको सहभागिता रहेको थियो।