सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ईन्द्रोदय विद्यालयका पूर्व प्रधानाध्यापकको निधन

२०७६ पुष २७, ०७:०३ खबर संवाददाता

धनगढीको फुलवारीमा रहेको ईन्द्रोदय आधारभुत विद्यालयका पूर्व प्रधानाध्यापक हर्क घर्तीको निधन भएको छ। दुबै मृगौला फेल भएपछि लामो समयदेखि काठमाडौंमा उपचार गराउँदै आएका घर्तीको ५७ बर्षको उमेरमा काठमाडौँमै निधन भएको हो।

डोटीको घागलमा जन्मिएका घर्तीले फूलवारीको ईन्द्रोदय विद्यालय ई गाउँमा झण्डै ३३ बर्ष अध्यापन गरेका थिए। शिक्षा क्षेत्रमा घर्तीको उच्च योगदान रहेको शिवशंकर आधारभुत विद्यालय फूलवारीका प्रधानाध्यापक लक्ष्मिराज ओझाले बताए।
 

कमेन्ट लोड गर्नुस