सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा जीप दुर्घटना हुदाँ दुई घाइते

२०७६ पुष २६, १०:५६ खबर संवाददाता

दार्चुलाको खलंगा(दल्लेख सडक खण्डमा जीप दुर्घटना हुदाँ दुई जना घाइते भएका छन्। शनिबार नौगाड गाउँपालिकाको दल्लेखबाट सदरमुकाम खलंगा आउँदै गरेको से १ ज २८८ नम्बरको जीप महाकाली नगरपालिका वडा नम्बर २ जोली भन्ने क्षेत्र नजिकै दुर्घटना भएको हो।

घाइते हुनेमा जीप चालक राजकुमार जोशी र महाकाली नगरपालिका बाँजका पदम सिँह महर रहेका छन्। घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस