कैलालीको गौरीगंगामा धार्मिक महोत्सव हुने
कैलाली: कैलालीको गौरीगंगा नगरपालिकामा धार्मिक महोत्सव आयोजना हुने भएको छ। नगरपालिकाको वडा नम्बर ८ लिक्मा मेला लाग्ने शिवशक्ति मन्दिर परिसरमा ‘शिवशक्ति ज्ञान विज्ञान धार्मिक महामहोत्सव २०७६’ आयोजना हुने आयोजकले जानकारी दिएको छ।
फागुन ९ देखि १६ गतेसम्म संचालन हुुने महोत्सव धर्मप्रतिको विश्वास कायम गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक दिपेन्द्र गिरीले जानकारी दिए। धार्मिक महामहोत्सवमा संजेल जी महाराजले कथा बाचन गर्ने उनले बताए।
समितिले धार्मिक महोत्सवमा १३ लाख खर्च लाग्ने अनुमान गरेको छ। साथै समितिले उक्त महोत्सवबाट ५० लाख रकम आम्दानि हुने अनुमान गरेको छ।
धर्मिक महोत्सवबाट संकलन भएको रकम मन्दिरको भौतिक संरचना निर्माणमा खर्च गर्ने संयोजक गिरीले बताए। झण्डै दुई सय वर्ष पुरानो मानिएको मन्दिर लिक्मा नदि कटानको जोखिममा छ। मन्दिरको पुन:निर्माणका लागि धार्मिक महोत्सवको भुमिका महत्वपुर्ण हुने आयोजकको विश्वास छ।