कैलालीको गौरीगंगामा माघी महोत्सव हुने
कैलाली: कैलालीको गौरीगंगामा माघी महोत्सव हुने भएको छ। नगरपालिका– ८ को बडैपुर खेल मैदानमा मेला हुने भएको हो।
‘संरक्षण संवद्धनके लग सक्कु जनेकरी काम, संस्कृति भेषभुषा राखि हमार पहिचान’ भन्ने नाराका साथ थारु होमस्टे गाउँ कमैया माघी महोत्सव २०७६ सञ्चालन हुने जानकारी दिइएको छ। माघ १० देखि १२ गतेसम्म महोत्सव सञ्चालन हुने थारु होमस्टे गाउँ कमैया माघ महोत्सव समितिका संयोजक हिरालाल चौधरीले बताए।
थारु पहिचान, संस्कृति र थारु खान पिनको संरक्षण सम्वद्धनका लागि माघी महोत्सवको आयोजना गर्ने तयारीमा रहेको उनले बताए।
तीन दिन सञ्चालन हुने महोत्सवमा थारु परीकार, कृषि प्रदर्शनिका स्टलहरु हुनेछन्। उक्त गाउँमा अहिले ११ घरमा होमस्टे सञ्चालनमा रहेका छन्।