भारतबाट ७८ किलो सुन चोरी गर्ने सुदूरपश्चिमका ३ जना सीमामा पक्राउ
भारतबाट ७८ किलो सुन चोरी गरेर ल्याउँदै गरेको अवस्थामा सुदूरपश्चिमका तीन जना पक्राउ परेका छन्। ७८ किलो सुन चोरीमा संलग्न भएका तीनजना नेपाल आउदै गर्दा भारतको सीमावर्ती बजार वनबासाबाट आठ किलो सुन सहित पक्राउ परेका हुन्।
प्रहरी स्रोतका तीनै जनालाई सुन सहित भारतीय प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ। भारतीय प्रहरीलाई उदृत गर्दै स्रोतले भन्यो, ‘उक्त प्रकरणमा ठुलो समूहको संलग्नता रहेको आशंका छ, चोरी भएको सुन ७८ किलो भएपनि तत्काल आठ किलो मात्र बरामद गरिएकाले अनुसन्धान जारी छ।’
भारतीय प्रहरीले पूर्ण विवरण उपलब्ध गराउन नमानेको प्रहरी स्रोत बताउँछ। तर उक्त प्रकरणमा सुदूरपश्चिमका केही स्थानीय तहका जनप्रतिनिधि र प्रतिनिधिसभाका सांसदको समेत नाम जोडिएको स्रोतको भनाई छ।