सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आइडलको उत्कृष्ट १७ मा सुदूरपश्चिमका दुई कमल

२०७६ पुष २६, ०८:४४ खबर संवाददाता

२०६५ साल कैलालीको टीकापुरमा रहेको न्यू लाईट एजुकेशन होममा अध्ययनरत थिए कमल विष्ट। विद्यालयमै आयोजना हुने सांगीतीक कार्यक्रम र विभिन्न प्रतियोगितामा गुञ्जिने उनको स्वरको पारखी विद्यालयका विद्यार्थीसंगै शिक्षकहरु पनि थिए। सोही क्रममा उनले शास्त्रिय संगीतका विषयमा आधारभुत जानकारी पाउने थाले टीकापुरकै संगीतकार शिशिर साधकबाट।

२०६५ सालदेखि नै उनी शास्त्रिय संगीतका विद्यार्थी बने र संगीतमा भविष्य खोज्ने लक्ष्य सहित संघीय राजधानी काठमाडौँको गन्तव्य तय गरे। ‘२०६८ सालमा काठमाडौँ छिरेपछि संगीत सिक्नका लागि र गीत गाउनका लागि धेरै स्थानमा धाए,’ विष्टले भने, ‘पहिलेदेखि नै शास्त्रिय संगीतमा रुची भएकोेले श्रीकृष्ण गुरुकुल संगीत पाठशालामा संगीत सिक्न सुरु गरे।’ श्रीकृष्ण गुरुकुल संगीत पाठशाला पनि कैलाली नै घर भएका संगीतकार तथा गायक तिलकसिंह पेलाको थियो।

विष्टले भने– ‘आफ्नै क्षेत्रको संगीत गुरु पाउँदा मलाई साधनामा झनै सहज भयो, अहिले पनि संगीत सिकिरहेको छु र संगै आफुले सिकेको संगीतका आधारभुत पक्षका बारेमा अरुलाई पनि सिकाईरहेको छु।’ उनले अहिले राजधानीमै महर्षी संगीत पाठशालामा संगीत सिकाईरहेका छन्।

‘दि भ्वाइस अफ नेपाल’ मा डिजिटल अडिसन दिएर विष्ट छनौट भएपछि पालो ब्लाइन्ड अडिसन पनि पार गरे तर ब्याटलमा उनी असफल भए। अहिले आएर नेपाल आइडलको उत्कृष्ट १७ मा पुग्न सफल भएाक छन्। तीनै जना निर्णायकलाई उनले प्रभावित गर्न सफल भएका छन्। 

डोटी बुडरका कमल सोवले ५ कक्षा सम्मको पढाई बुडरमै गरे। त्यसपछिको अध्ययनलाई अगाडी बढाउन धनगढी आएका सोव हसनपुरको फारवेष्ट स्कुलमा भर्ना भए। स्कुलमा गीत गाउने मौका मात्रै पाएनन् उनको गायनीमा विद्यार्थी र शिक्षकहरु पनि रमाउँथे।

माध्यमिक शिक्षा सम्मको पढाई सकेपछि सुदूरपश्चिमाञ्चल एकेडेमीमा भर्ना भएका सोवले आफ्नो गायनीलाई निखार्दै गए। संगीतकार कुलदिप राईबाट थप सिक्ने मौका पाए र धनगढीका विभिन्न व्याण्डहरुमा जोडिएर गीत गाईरहे।

नेपाल आइडलको अडिसन धनगढी नभएपछि उनी अडिसन दिनकै लागि नेपालगञ्ज पुगे र अडिसनमा निर्णायहरुलाई प्रभावित गर्न सफ भए। त्यसपछिको राउण्डमा पनि उनकी गायनी देखेर निर्णायक प्रभावित भए र अहिले उनी पनि उत्कृष्ट १७ मा पुग्न सफल भएका छन्। 
 

कमेन्ट लोड गर्नुस