सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अज्ञात समुहद्वारा लिप्टिसका ९ सय बिरुवा तहसनहस

२०७६ पुष २५, ०८:४३ खबर संवाददाता

कैलाली: कैलालीको घोडाघोडी नगरपालिका– ५ देवकलियामा अज्ञात समुहले १ बिघामा लगाएका लिप्टिसका बिरुवा काटेर नष्ट गरेको छ।

स्थानीय बिरबहादुर चौधरीले १ बिघामा लगाएका लिप्टिसका २ हजार बिरुवा मध्ये ९ सयभन्दा बढी बिरुवा उक्त समुहले काटेर नष्ट पारेको हो। 

बिरुवाहरु नष्ट हुँदा करिब ३० लाख बराबरको क्षति भएको चौधरीले बताए। करिब डेढ वर्ष अगाडीे प्रतिबिरुवा १ सय ७० का दरले २ हजार बिरुवा ३ लाख ४० हजार बराबरमा खरिद गरी लगाएको उनदले बताए। 

कमेन्ट लोड गर्नुस