सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक

२०७६ पुष २५, ०७:४६ खबर संवाददाता

चलचित्र ‘लप्पन छप्पन २’ को टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ।  यसअघि ‘लप्पन छप्पन’ प्रदर्शनमा आएको थियो। 

‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, सरिता गिरी लगायतका कलाकारको शीर्ष भूमिका छ। फिल्मको कथा पैसाकै वरिपरि घुमेको टिजरबाट प्रष्ट हुन्छ।

‘छप्पन छप्पन’ मा शीर्ष भूमिका निभाएका वर्षा शिवाकोटी, दयाहाङ राई लगायत फिल्ममा छैनन्। यसैको सिक्वेलका रुपमा तयार भएको ‘छप्पन छप्पन २’ लाई मुकुन्द भट्टले निर्देशन गरेका हुन्।

यस्तै फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ। यो फिल्मलाई चिजकुमार श्रेष्ठ, प्रकाश कुवँर, निर्मल कुमार मिश्र, सुदीप चन्द्र बक्रेल र सन्तोष चन्द्र बख्रेलले निर्माण गरेका हुन्।

कमेन्ट लोड गर्नुस