पहलमानपुर महोत्सव सुरु
२०७६ पुष २५, ०६:०१
कैलालीको घोडाघोडी नगरपालिका– १० पहलमानपुरमा सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ। माघ ५ गतेसम्म संञ्चालन हुने महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गरेका छन्।
पहलमानपुर बजार व्यवस्थापन समितिका अध्यक्ष विजयराज स्वाँरको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा प्रतिपक्ष दलका नेता डाक्टर रणबहादुर रावल, प्रदेश सभा सदस्य अमर साउँद लगायतको सहभागिता रहेको थियोे।
कमेन्ट लोड गर्नुस