सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका चार स्थानीय तहद्वारा वातावरणमैत्री सडक निर्माण निर्देशिका तयार

२०७६ पुष २५, ०५:५५ डीवि विष्ट

बझाङ: बझाङमा अव्यवस्थित ग्रामीण सडक कटानका कारण ग्रामीण बस्तिहरुमा ठुलो जोखीम निम्तिन थालेपछि चार स्थानिय तहमा वातावरणमैत्री सडक निर्माण निर्देशिका बनाइएको छ। जिल्लाको तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, थलारा गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकाको वातावरणमैत्री सडक निर्माण निर्देशिका बनेको हो। 

पानी परियोजनाले ती स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी र ईन्जिनियरहरुसँग गरेको वातावरणमैत्री ग्रामीण सडक निर्माण कार्यशाला गोष्ठिमाबाट उक्त निर्देशिका बनाइएको हो।  निर्देशिका बनिसकेपछि सबै जनप्रतिनिधी तथा कर्मचारीहरुले आगामी दिनमा विनाडिजाईन र विना इस्टिमेटका सडक कटान नगरी वातारणमैत्री सडकहरु निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

बझाङमा अधिकांश शाखा सडकहरु विना डिजाईन, आईइए, ईआईए नगरी सडक कटान भएका कारण ठुलो क्षति बेहोर्नु परेको बताउँदै थलारा गाँउपालिकाका अध्यक्ष भुवनेश्वर  उपाध्यायले अब आफुहरुले निर्देशिकाविना सडक कटान गर्ने प्रवृतिको अन्त्य गर्ने बताएका छन्।  

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस