सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जागीर लगाइदिने भन्दै ठग्ने पक्राउ

२०७६ पुष २४, ०८:५१ खबर संवाददाता

कैलाली: कैलालीमा जागीर लगाई दिने भन्दै ठग्नेलाई प्रहरीले पक्राउ गरेको छ। आफुलाई तिलक कोली भनेर चिनाउने व्यक्तिलाई जिल्लाको मसुरियाबाट पक्राउ गरिएको हो। रोजगारीको प्रलोभन देखाएर उनले धेरैबाट पैसा असुलेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

कोलीबाट आफूहरु ठगिएको भन्दै १२ जना महिलाले इलाका प्रहरी कार्यालय मसुरियामा सामूहिक निवेदन दिएका थिए।

पक्राउ परेका कोलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी सहायक निरिक्षक महेश चन्दले जानकारी दिए।

कमेन्ट लोड गर्नुस