कैलालीको गौरीगंगामा बाघले बाख्रा र गाई मार्यो
२०७६ पुष २४, ०६:५६
कैलालीको गौरीगंगा नगरपालिकामा बाघले घरपालुवा जनावर मारेको छ। नगरपालिकाको वडा नम्बर ५ अण्डैयाका प्रेमसिँह कलेलका तीन बाख्रा, एक गाई र बाच्छि बाघले मारेको हो। ईलाका प्रहरी कार्यालय मसुरियाका अनुसार अण्डैया जिरायतका कलेलको घरमा बाधिएको अवस्थामा बाघले घरपालुवा जनावर मारेको हो। बेताल देउ प्रस्ताबिक सामुदायिक वन क्षेत्रबाट बाघ आएको स्थानीय दिपक बडैलाले बताए।
कमेन्ट लोड गर्नुस