डोटीको दिपायल सिलगढी नगरपालिकाका विद्यालयमा ६ दिन बिदा
डोटी: अत्यधिक चिसो बढेपछि डोटीको दिपायल सिलगढी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा ६ दिन बिदा दिने निर्णय गरिएको छ। बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले चिसोका कारण पठनपाठन गर्न कठिनाइ भएकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
विभिन्न विद्यालयबाट केही दिन विद्यालय बन्द गरिदिनहुन भनेर लिखित अनुरोध समेत आएकोले पुस २५ गते देखि माघ १ गते सम्म विद्यालयमा बिदा गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
संस्थागत विद्यालयको हकमा भने कुनै कुरा उल्लेख गरेको छैन।