सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्याजको मुल्य घट्न थाल्यो

२०७६ पुष २४, ०४:४०

२ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य घट्न थालेको छ।  बिहीबार कालिमाटी बजारको मूल्यअनुसार भारतीय प्याज प्रतिकेजी १ सय ३० रुपैयाँ र थोक बजारमा १ सय १५ रुपैयाँ प्रतिकेजी प्याजको मूल्य रहेको छ।

भारतीय भन्दा चिनियाँ प्याज झनै सस्तो छ। आजको मूल्य सूचीअनुसार औसतमा १ सय १५ रुपैयाँ चिनियाँ प्याजको मूल्य कायम भएको छ।

यस्तै, थोक बजारमा चिनियाँ प्याजको औसत मूल्य ८५ रहेको कालिमाटी तरकारी बजारको तथ्यांकले देखाउँछ।

 

कमेन्ट लोड गर्नुस