डोटीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
२०७६ पुष २४, ०२:३१
डोटीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्वर १ घोरडीस्थित सडकमा ना ३ ख ६५८८ नम्बरको ट्रक अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक बाँके कोहलपुर ३७ वर्षीय अमर गिरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस