युवाको पहलमा विपन्न वर्गलाई न्यानो कपडा वितरण
नेपालको पहिलो कपडा बैैक अनामनगर काठमाडौ र कैलालीको गौरीगंगा नगरपालिका ६ का युवा नेता हेमन्तराज जोशीको पहलमा मुक्त कमैया र विपन्न वर्गलाई न्यानो कपडा वितरण गरिएको छ।
वडा नम्बर ६ बनबेहडामा रहेको दैदवारी शिविरमा ३५ जना र वडाका अन्य विपन्न ३० जना गरि ६५ जनालाई न्यानो कपडा वितरण गरिएको हो।
कपडा वितरणको व्यवस्था युवा समाजसेवि भानसिंह बेलाल र प्रकाश कठायतले गरेका थिए। त्यसका लागी सहयोग समन्वय दिनेश कडायतले गरेको बताइएको छ।