सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका महिला तथा सिमान्तकृत समुदायको सूचनामा पहुँच न्युन

२०७६ पुष २३, ०६:२५ खबर संवाददाता

बझाङ: बझाङका महिला तथा सिमान्तकृत समुदायको सूचनामा पहुँच न्युन रहेको एक सर्वेक्षणले देखाएको छ। सर्वेक्षणका अनुसार स्थनीय तहमा महिला तथा सिमान्तकृत समुदायको सहभागिताको अभ्यास र सूचनामा पहुँच न्युन देखिएको छ। 

सहारा नेपालद्वारा संचालित शुशासन परियोजनाले मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा गरेको सर्वेक्षणमा स्थानीय सरकारसँग महिला तथा सिमान्तकृत समुदायको पहुँच न्युन रहेको पाइएको छ। सार्वजनिक भएको प्रतिवेदनमा समुदायमा रहेका चलाख र जान्ने बुझ्नेहरु नै सूचनाको पहुँचमा बढी रहने देखिएको हो। 

स्थानीय निकायमा हुने विकास निर्माणका कार्यहरुमा महिला र सिमान्तकृत समुदायको सहभागिता नामले मात्रै हुने गरेको र निर्णायक तहमा पहुँच नहुने गरेको प्रतिवेदनमा उल्लेख छ। महिलाहरुलाई उपभोक्ता समितीको कोषाध्यक्ष पदमा समावेश गरिएको भएपनी हस्ताक्षर मात्रै गराउने परिपाटी रहेको पाईएको छ।
 
सहारा नेपालको शुशासन परियोजनाले मष्टा गाँउपालीका र जयपृथ्वी नगरपालीकामा रहेका महिला,  सिमान्तकृत समुदायका व्यक्ति र जनप्रतिनीधीहरुसँग गरेको छलफल, अन्तरक्रिया र अन्तरवार्ताका आधारमा उक्त सवेक्षण गरिएको सुशासन परियोजनाका संयोजक डम्बरबहादुर सुनारले बताए।  

 

कमेन्ट लोड गर्नुस