सुदूर नेपाललाई विश्वसँग जोड्दै

रानीफाँटा सामुदायीक वनको अध्यक्षमा बोगटी

२०७६ पुष २२, ०३:२४ खबर संवाददाता

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको रानीफाटा सामुदायिक बन उपभोक्ता समितीको साधारणसभाले चक्र बोगटीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाबाट उपाध्यक्षमा दानबहादुर कुवँर, सचिबमा यशोदा सिजाली, कोषाध्यक्षमा बमबहादुर साहु ,सहसचिवमा गगन सिंह बोगटी चयन भएका छन्। त्यस्तै सदस्यमा जंग विक, जंगे साउँद, सर्मिला राना, मन्सरा देबि भुल, टेकबहादुर कुवँर, धना भट्ट, कृष्णा कठायत र पार्वती उपाध्याय चयन भएका छन्।

साधारणसभाले मंगलबार ४ वटा विभिन्न उपसमिति चयन गरेको छ। पुरन सिंह कडायतको संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समिति चयन गरिएको छ। लेखा समितिको संयोजकमा दलबहादुर बोगटी, अग्नि नियन्त्रण समितिको संयोजकमा ललित चौधरी, अनुगमन समितिको संयोजकमा भान सिंह साउंदको संयोजकत्वमा समिती चयन गरिएको छ।

गौरीगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कमला शर्माले नवनिर्वाचित पदाधिकारीलाई अबिर लगाई बधाई ज्ञापन गरिन्। नवनिर्वाचित अध्यक्ष बोगटीले आफू सामुदायिक बनमा उपाध्यक्ष भइ काम गरिसकेकाले यो अनुभवलाई अब आफ्नो नेतृत्वले उपभोक्ताको हक र हितमा काम गर्ने बताए। उनले वनले निम्न आयस्तर भएकाहरुको जीवनस्तर उकास्न सिपमुलक कार्यक्रम सञ्चालन गर्ने समेत बताए।

कमेन्ट लोड गर्नुस