जन्मदिनको अवसरमा दृष्टिविहीन विद्यार्थीलाई सहयोग
धनगढी: जन्मदिनको अवसरमा जीवन ज्योती छात्रावासमा रहेका दृष्टिविहीन विद्यार्थीहरुलाई सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका– ५ का युवा समाजसेवी, उद्यमी तथा आदर्श नवयुवा क्लबका अध्यक्ष निराजन खड्काले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहीन विद्यार्थीहरुलाई खाद्यान्न तथा खेल सामाग्री सहयोग गरेका छन् ।
सोमबार जन्मदिनको अवसर पारेर उनले छात्रावासमा रहेका दृष्टिविहीन विद्यार्थीहरुलाई सहयोग गरेका हुन। पञ्चोदय माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरु विद्यालयकै जीवन ज्योती छात्रावासमा बस्दै आएका छन्।