सुदूर नेपाललाई विश्वसँग जोड्दै

छाउगोठ हटाउन सुदूरपश्चिम सरकारले ल्यायो छाउपडी प्रथा उन्मुलन नीति

२०७६ पुष २१, ०६:१६ खबर संवाददाता

धनगढी: सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयले अघि सारेको नीतिलाई स्वीकृति प्रदान गरेको छ। नीति अनुसार चालू आर्थिक वर्षदेखि नै छाउपडी प्रथा उन्मुलनको लागि विभिन्न अभियान कडाइका साथ लागू गरिने जनाइएको छ।

उक्त नीतीमा प्रदेशको अछाम सहितका जिल्लामा छाउगोठ हटाउने कार्य जारी राखिएको जनाइएको छ। कुप्रथाको रुपमा रहेको छाउपडी प्रथालाई हटाउन गाउँगाउँमा जनचेतनामूलक अभियान चलाउने तथा छाउगोठ पूर्णरुपमा हटाउन उक्त नीती ल्याइएको बताइएको छ। 

त्यस्तै उक्त बैठकमा सुदुरपश्चिम प्रदेशको अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०७६ संशोधन गर्ने विषय पारित भएको छ। 

साथै मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गतेदेखि शुरू हुने निर्णय गर्दै विभिन्न ऐनहरूलाई स्वीकृति प्रदान गरेकाे छ।  साथै उक्त बैठकले ही विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ।

कमेन्ट लोड गर्नुस