कैलालीमा सशस्त्र प्रहरीद्धारा तीन लाखको अवैध सालको काठ बरामद
कैलालीमा सशस्त्र प्रहरीले तीन लाखको अवैध सालको काठ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलवारीका सशस्त्र प्रहरी निरीक्षक जय बहादुर महताको कमाण्डमा खटिएको टोलीले जिल्लाको कैलारी गाँउपालिका वडा नम्बर १ बाट तीन लाख मूल्य पर्ने ७० क्युफिट सालको काठ बरामद गरेको हो।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले डम्मरा गाँउबाट अबैध रुपमा बेचविखनको लागि लुकाइराखेको उक्त काठ बरामद गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयमा बुझाईएको जनाएको छ।