सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब धनगढीले भारतीय पर्यटकलाई सुदूरपश्चिमका विभिन्न स्थान घुमायो

२०७६ पुष २१, १२:३३ खबर संवाददाता

लायन्स क्लब अफ धनगढी ग्रिन सिटिले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भारतीय पर्यटकलाई सुदुरपश्चिमका विभिन्न स्थानको अवलोकन गराएको छ। क्लबले लायन्स क्लब अफ उपकार लखिमपुर खिरीका पदाधिकारीलाई सुदुरपश्चिमका विभिन्न पर्यटकीय स्थलको अवलोकन गराएको हो।

प्रदेशको अस्थायी मुकाम धनगढीमा रहेको एक सय आठ फिट अग्लो शिवलिङ्ग, गोदावरी धाम, चिसापानी र डडेल्धुराको पर्शुराम धामको पर्यटकलाई अवलोकन गराइएको छ। यस्तै  उनीहरुले भीमदत्त राजमार्गमा परेको हिमपातको मज्जा पनि लिएको लायन्स क्लब अफ धनगढी ग्रिन सिटि गोविन्द खतिवडाले बताए।

तर पर्यटकीय स्थलको प्रचार प्रसार र पूर्वाधार विकास नहुँदा घुम्न आउने पर्यटक समस्यामा पर्ने गरेको उनले बताए। यसअघि लायन्स क्लब अफ धनगढी ग्रिन सिटिले भारतीय पर्यटकलाई गौरीफन्टा नाकामा स्वागत समेत गरेका थिए। 
  

कमेन्ट लोड गर्नुस