धनगढीमा युवक मृत भेटिए
धनगढीमा एकजना युवक मृत अवस्थामा भेटिएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा अछामको साबिकको तिम्लिसैन गाविस ६ का ३४ वर्षीय इन्द्रप्रसाद शर्मा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शर्मा खेतमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्। अहिले प्रहरीले घटना स्थलको मुचुल्का उठाउने काम भईरहेको छ।
बाँकी कुरा घटनाको अनुसन्धानपछि खुल्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।