सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वविद्यालयमा भएको आक्रमणको विरोधमा दिल्ली र मुम्बईमा रातभर प्रदर्शन

२०७६ पुष २१, ०६:४१ खबर संवाददाता

वाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा होस्टेल फीको मुद्दालाई लिएर आइतबार साँझ हिंसात्मक झडपमा बदलियो। यस क्रममा ठूलो सङ्ख्यामा नकाबधारी समूहले हातमा लाठी लिएर विश्वविद्यालय हाताभित्र घुसेर विद्यार्थी कुटे र वाहनमा पनि क्षति र्पुयाए। साबरमती होस्टेल लगायत अन्य भवनमा पनि तोडफोड भयो। आक्रमणकारीहरुले शिक्षकलाई पनि छोडेनन्।

कुटपिटमा छात्र सङ्घकी अध्यक्ष आइशी घोष गम्भीर घाइते हुँदा अन्य ३० जना विद्यार्थी पनि घाइते भए। उनीहरुलाई एम्स अस्पतालमा भर्ना गरिएको छ। आइतबार साँझ भएको घटनालाई लिएर रातभर जेएनयू, एम्स, दिल्ली प्रहरी मुख्यालयको बाहिर प्रदर्शन भयो। मुम्बईमा पनि ठूलो सङ्ख्यमा मानिसहरुले जेएनमयूमा भएको हिंसाविरुद्ध रातभर प्रदर्शन गरे। सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा आइशी घोषको शिरबाट रगत बगिरहेको देख्न सकिन्छ।

भिडियोमा उनले भनेको सुनिन्छ, ‘मास्क लगाएर आएका मानिसहरुले मलाई नराम्री पिटे। म कुरा गर्न सक्नेसम्मको अवस्थामा पनि छैन।’ जेएनयूले पनि आक्रमणकारीहरुले ढुङ्गा प्रहार गरेको, छात्रवासमा छिरेर छात्रहरुको साथै कैयौँ शिक्षकमाथि पनि कुटपिट गरेको बताएको छ
विश्वविद्यालय हाताभित्र भएको हिंसात्मक झडपलाई लिएर देशका शीर्षस्त नेताले प्रतिक्रिया दिएका छन्।

काङ्ग्रेस नेता राहुल गान्धीले आइतबार साँझ भएको हिंसालाई लिएर निराशा व्यक्त गर्दै भनेका छन, ‘नकाबधारी समूहले जेएनयूका छात्र र शिक्षकमाथि कुटपिट गरेको घटना ‘हाम्रो देशलाई नियन्त्रित गरिरहेको फासीवादी शक्तिको डर लाग्छ।’त्यस्तै, काङ्ग्रेस नेतृ प्रियङ्का गान्धीले मोदी–शाहको गुण्डाहरुले विश्वविद्यालयमा उपद्रो मच्चाएको आरोप लगाएकी छिन।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यो आक्रमणको निन्दा गरेका छन। जेएनयूमा भएको हिंसाको खबर सुनेर आफू हैरान भएको उनले प्रतिक्रिया दिए। घटनालाई लिएर गृह मन्त्री अमित शाहले जाँच गर्न निर्देशन दिएका छन्। 

कमेन्ट लोड गर्नुस