सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा जीप दुर्घनामा ज्यान गुमाएकाहरुको चार दिनपछि पोष्टमार्टम

२०७६ पुष २०, ०८:२७ खबर संवाददाता

बाजुरा: बाजुराकाे हिमाली गाँउपालिका– ७ बाधुको कालापडा भिरबाट सडक दुर्घटनामा परेका मृतकका शव चार दिनपछि मात्र पोष्टमार्टम भएका छन्। कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा चार दिन पछि पोष्टमार्टम भएर आफन्तले आइतवार शव बुझेका छन्।

बिहिबार कालापडा भिरबाट कर्णाली नदिमा जिव खस्दा ४ जनाको मृत्यु भएका थियो, भने एकजना अझै बेपत्ता छन्। कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच महिनादेखि चिकित्सकविहिन बन्दै आएको छ। जिल्ला अस्पताल बाजुरामा पाँच जना चिकित्सक छन, तर हिमपातका कारण जिल्ला अस्पतालबाट डाक्टर जान नसक्दा समस्या भएको थियो। 

शनिवार मात्र डा. राजु जोशीको नेतृत्वमा टोलि जिल्ला अस्पताल बाजुराबाट खटाईएपछि चारदिनपछि आइतवार पोष्टमार्टम भएकोे जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपन्द्र विश्वकर्माले बताएका छन्। चार दिनसम्म पनि शव पोष्टमार्टम नहुँदा चारै शव कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएका थिए। 

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा त्यो क्षेत्रका चारवटा स्थानीय तह, हुम्ला र मुगुका बासिन्दाले समस्या भोग्दै आएका छन्।

कमेन्ट लोड गर्नुस