सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा भारतद्धारा प्लान्ट क्वारेन्टाइन चेकपोष्ट स्थापना

२०७६ पुष २०, ०७:०१ खबर संवाददाता

कैलालीको गौरीफन्टा नाकामा भारतले प्लान्ट क्वारेन्टाईन चेक पोष्ट स्थापना गरेको छ। सीमामा स्थापना गरिएको प्लान्ट क्वारेन्टाईनको एक कार्यक्रमका बिच आज उद्घाटन गरिएको छ।

क्वारेन्टाईनको भारतीय सीमा सुरक्षा बल एसएसबीका प्रमुख मुन्ना सिह र पलियाका व्यापारी रबी गुप्ताले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरेका हुन्। प्लान्ट क्वारेन्टाईन स्थापना भएपछि गौरीफन्टा नाकाबाट विषादी रहित तरकारी तथा फलफूल लगायतका वस्तु भित्रिने विश्वास गरिएको छ।

 प्रदेशबाट पनि निर्यात हुने वस्तु गौरीफन्टा नाका भएर भारततर्फ पठाउन सक्ने बाटो पनि खुलेको छ। यसअघि क्वारेन्टाईन चेक पोष्ट नहुँदा सुदूरपश्चिममा उत्पादीत वस्तु पनि निर्यात गर्न अन्य नाका प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो।   

कमेन्ट लोड गर्नुस