अत्तरियामा चोरी गर्ने २ जना पक्राउ
कैलाली: प्रहरीले कैलालीको अत्तरियामा रहेको एक मोबाईल ग्यालरीबाट चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ। गत मंसीरमा न्यु नमस्ते मोबाईल ग्यालरीबाट २१ थान मोबाइल र ६ लाख नगद चोरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका– ७ बस्ने १८ वर्षीय विजय रावल र धनगढी उपमहानगरपालिका– २ का २० वर्षीय साजन रावत रहेका छन्। विजय रावललाई चोरी भएको ६ थान मोबाइलसहित पुस १५ गते पक्राउ गरिएको थियो भने घटना पश्चात फरार साजनलाई ललितपुर पाटनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ परेका दुवैजना माथी जिल्ला अदालतबाट ५ दिन म्यादथप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक दक्षकुमार बस्नेतले बताए।