कैलालीमा मोटरसाईकल दुर्घटना, दुई युवक घाईते
कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा शनिबार राती से ५प ६२९५ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजना घाईते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले घाईते हुनेमा मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका ३ चौराहका दीपक शर्मा र पछाडी सवार दिनेश सिंह रहेको जानकारी दिए।
उनका अनुसार चालक शर्माको टाउकोमा चोट लागेको छ भने सिहको अवस्था समान्य रहेको छ। दुवैजनाको धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।