धनगढीमा छाडा कुकुरका लागि घर
धनगढीमा छाडा कुकुरका लागि घर स्थापना गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ उत्तरवेहडीमा छाडा कुकुरहरुको लागि घर स्थापना गरिएको हो। स्थानीय आशिष ऐर, विकेश भण्डारी लगायतका युवाहरुकाे टीमले सडकमा बेवारिसे छोडिएका कुकुरहरुको लागि घर स्थापना गरि पाल्न सुरु गरेका हुन्।
जाडोको मौसममा कुकुर मर्न थालेपछि उक्त घर निर्माण गरि पाल्न सुरु गरिएको युवा ऐरले बताए। ‘आफ्नै लगानीमा घर स्थापना गरेर छाडा कुकुर राख्न सुरु गरेका छौँ। कोही कुकुर पाल्न ईच्छुक भए लैजान सक्छन्। यस्लाई निरन्तरता दिने सोचमा छौँ।’ ऐरले भने। विहिवार स्थापना गरिएको उक्त घरमा अहिले सम्म ११ वटा कुकुर राखिएको थियो।
त्यस मध्ये चार वटा धनगढीकै स्थानीयले पाल्नको लागि लगिसकेका छन्। हाल सात वटा कुकुर उक्त घरमा राखिएको छ। अर्का युवा विकेश भण्डारीले भने घरमा राखिएका कुकुरको उपचारका लागि मेडिकल टिम समेत बनाएको बताए। कुकुरलाई खाना र सरसफाई गर्नको लागि आवश्यक सामाग्री जस्लेपनि सहयोग गर्न सक्ने उनले बताए।