खप्तड र शुक्लाफाँटा घुम्न टुर प्याकेज
सुदूरपश्चिममा नीजि क्षेत्रबाट भ्रमण वर्ष लक्षित टुर प्याकेजहरु सञ्चालन हुने भएका छन्। बुधबारदेखि सुरु भएको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै यस क्षेत्रमा रहेका टुर एण्ड ट्राभल्स कम्पनीहरुले भ्रमण वर्ष विशेष प्याकेज सञ्चालन गरिरहेका हुन्। धनगढीको पिएस ट्राभल पोईन्ट टुर्सले पनि भ्रमण वर्ष विशेष प्याकेज ल्याएको छ।
ट्राभलका सञ्चालक पदमबिक्रम सिंहले भ्रमण वर्षमा आन्तरिक तथा बाह्य पर्यटकलाई धनगढीमा रहेका धार्मिक तथा पर्यटकीय स्थल घुमाउने योजना बनाईएको बताए। उनले साढे सात सय रुपैँयामा धनगढीका मुख्य मुख्य धार्मिक तथा पर्यटकीय स्थल घुमाईने बताए।
यस्तै कञ्चनपुरको शुँक्लाफाटा राष्ट्रिय निकुञ्ज र कैलालीको चिसापानी, टीकापुर घुमाउन पनि विशेष योजना रहेको सञ्चालक सिंहले जानकारी दिए। पिएस ट्राभल मात्र नभएर अन्य ट्राभल कम्पनीले पनि भ्रमण वर्षमा यहाँका पर्यटकीय स्थलमा आन्तरिक बाह्य पर्यटक घुमाउने गरी प्याकेज बनाएका छन्।
महेन्द्रनगरको मोहित ट्राभल्र्स एण्ड टुरले पनि धर्तीकै भु–स्वर्ग मानिएको खप्तड लगायतका पर्यटकीय स्थल घुमाउन विशेष प्याकेज ल्याईएको छ। मोहित ट्राभल्सका सञ्चालक एवंम पर्यटन व्यवसायी परमानन्द भण्डारीले भ्रमण वर्षमा पर्यटकलाई लक्षित गरी खप्तड, शुक्लाफाटा र राराका लागि टुर प्याकेज ल्याईएको जानकारी दिए।
भण्डारीले खप्तडका लागि पाँच रात छ दिनको प्याकेज र शुक्लाफाँटाका लागि तीन दिन चार रातको विशेष प्याकेज रहेको बताए। त्यती मात्र नभएर महेन्द्रनगरका होटल व्यवसायीहरुले भ्रमण वर्षमा घुम्न आउने पर्यटकलाई १० देखि २० प्रतिशत छुट दिने योजना समेत रहेको उनले बताए।
भण्डारी होटल व्यवसायी संघ महेन्द्रनगरका अध्यक्ष समेत हुन्। उनले खासगरी महेन्द्रनगरका होटलहरुमा पर्यटकलाई बसोबास र खानामा छुट मिल्ने बताए। भ्रमण वर्षलाई लक्षित गर्दै नीजि क्षेत्रले टुर प्याकेजहरु सञ्चालन गरिरहेका बेला प्रदेश सरकार र स्थानीय पालिकाहरु भने भ्रमण वर्षलाई औपचारिकता दिनमा सीमित देखिएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा बुधबार औपचारिक समारोह गरी भ्रमण वर्षको उद्घाटन गरेको थियो। तर पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पूर्वाधार विकासको योजना नल्याएको भन्दै आलोचना भईरहेको छ। अझ भ्रमण वर्षको मुखमै प्रदेशका पर्यटकीय स्थलबारे जानकारी दिन प्रकाशन गरिएको पुस्तकमै गलत जानकारी राखिएपछि झनै आलोचना भएको छ।
भ्रमण वर्षमा बढि भन्दा बढि पर्यटक भित्र्याउन प्रदेशमा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गर्नुपर्ने पर्यटन बोर्डका केन्द्रीय सदस्य एव्म पर्यटन व्यवसायी कृष्णबहादुर महारा बताउँछन्। उनले नीजि क्षेत्रमा चर्चामा आईसकेका मात्र नभई नयाँ पर्यटकीय स्थललाई पनि लक्ष्तिा गरी टुर प्याकेज ल्याउनुपर्ने महारको सुझाव छ।
हुन त प्रदेशका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, प्रचार प्रसारका लागि भन्दै राज्यले वर्षेनी ठुृलो बजेट खर्च गर्ने गरेको छ। तर स्थानीय स्तरमा त्यसको सदुपयोग गर्न भन्दा पनि दुरुपयोग गर्ने क्रम बढेपछि पर्य टन क्षेत्रको विकास हुन सकेको छैन्।
त्यसको उदाहरणका रुपमा खप्तडमा ५० करोड खर्च गरेर पनि घोरेटो बाटो नबन्नुलाई लिन सकिन्छ। तरपनि भ्रमण वर्ष २०२० मा बढि भन्दा बढि पर्यटक भित्र्याउन सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने देखिन्छ।