सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाइजो कम भएको भन्दै प्रहरी जवानले गरे श्रीमतीको हत्या

२०७६ पुष १८, ०६:४१ खबर संवाददाता

सिरहामा कार्यरत एक प्रहरी जवानलाई श्रीमतीको हत्या गरेको आरोप लागेको छ। इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी जवान विपिनकुमार झाले दाइजो कम भएको भन्दै श्रीमती ज्योतिको हत्या गरेको पीडित परिवारको आरोप छ।

भारत माइती भएकाी ज्योतिलाई विवाहपछि दाइजो कम भएको भन्दै विपिनले शारीरिक तथा मानसिक यातना दिने गरेको पीडित परिवारको भनाइ छ। यसै क्रममा विपिनले गएको पुस ७ गते विष खुवाएर उनको हत्या गरेको पीडित परिवारका सञ्जयकुमार झाले आरोप लगाएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस