सुदूर नेपाललाई विश्वसँग जोड्दै

नातिनीलाई धारिलो हतियारले आक्रमण गर्न खोज्दा

२०७६ पुष १७, ०५:०८ खबर संवाददाता

नातिनीलाई धारिलो हतियारले आक्रमण गर्न खोजेको आरोपमा शारदा नगरपालिका– १३ का ४४ वर्षीय देव बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले मंगलबार राति नातिनीलाई धारिलो हतियारले आक्रमण गर्न खोज्ने बुढालाई पक्राउ गरेके जानकारी दिए। परिवारले खबर गरेपछि रातिनै प्रहरी घटनास्थलमा पुगी बुढालाई नियन्त्रणमा लिएको थियो।

बुढालाई नियन्त्रण लिने क्रममा एक थान भरुवा बन्दुकसमेत बरामद गरिएको डिएसपी खतिवडाले बताए। उनीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस