सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा हिमपात, विद्यालय बन्द

२०७६ पुष १७, १०:३८ खबर संवाददाता

बझाङ – जिल्लाको साइपाल गाउँपालिका लगायत अन्य उच्च क्षेत्रमा हिमपात सुरु भएको छ। हिमपात भएपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने पशु, चौपायासमेत गोठमा नै थुनिएका छन्।

हिमपातले गर्दा एउटा गाउँबाट अर्को गाउँ जान नसकेको साइपाल गाउँपालिकाका स्थानीय वसन्त बोहराले बताए। लगातार हिमपात भइरहेका कारण गाउँपालिकाका आठ वटा विद्यालय बन्द हुने गाउँपालिकाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस