डोटी काठमाण्डौ सम्पर्क समितिका सभापती बलायर सम्मानित
विद्यालयको विकासमा योगदान पु¥याएको भन्दै नेपाली नेपाली काँग्रेस डोटी(काठमाण्डौ सम्पर्क समितिका सभापती सम्मानीत भएका छन्। डोटीको शिखर नगरपालिका वडा नम्बर १० मा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय बानेडुग्रिसैनले सभापती दीर्घ बलायर लाई सम्मानीत गरेको हो।
बुधबार ४४ औँ वार्षिकोत्सवको अवसरमा उनलाई सम्मानीत गरिएको हो। नेता बलायरले आफ्ना दिवंगत दाजुहरूको सम्झनामा सीताराम–तेज स्मृति फाउण्डेशनको स्थापना गरेर सोही फाउण्डेशनका नामबाट विगत तिनबर्षदेखी विद्यालयमा विविध सहयोगहरू गर्दै आएका छन।
उनले छात्रवृति वितरण, पुस्तकालय स्थापना लगायतका काममा विद्यालयलाई सघाउदै आएका छन। सम्मानित भएपछि नेता बलायरले विद्यालयको विकासमा आफु अझै फराकिलो मन बनाएर जुट्ने प्रतिवद्धता ब्यक्त गरे।