भादागाउँ होम स्टेमा महोत्सवको उद्धघाटन
धनगढी: धनगढी उप–महानगरपालिका– १६ स्थीत होमस्टेगाउँ भादामा बुधवारदेखि महोत्सव लागेको छ। धनगढी उप–महानगरपालिकाका प्रमुख नृबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले महोत्सवको उद्घाटन गरेका हुन्।
भादागाउँ थारु होमस्टे विकास तथा व्यवस्थापन समितिको आयोजनामा महोत्सव भईरहेको छ। महोत्सव पुस २० गते सम्म लाग्ने छ। महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख वडले, होमस्टे गाउँ भादालाई देशका १ सय वटा पर्यटकिय गन्तव्य भित्र पार्न सकिएको बताए।
भदागाउँको पर्यटन प्रवद्र्धनका लागि स्थानीयको सक्रियता आवश्यक रहेको नगरप्रमुख वडले बताए। भादागाउँ थारु होमस्टे विकास तथा ब्यबस्थापन समितिको आयोजनामा अध्यक्ष लक्ष्मीनारायण चौधरीको संयोजकत्वमा महोत्सव भईरहेको छ।