सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर भन्सार नाकामा विदेशी पर्यटकको स्वागत

२०७६ पुष १६, १०:३७ खबर संवाददाता

धनगढी: भारतका विभिन्न ठाउँबाट नेपाल भित्रीने पर्यटकहरुको बुधवार धनगढीको त्रिनगर भन्सार नाकामा भव्य स्वागत गरिएको छ। धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले नेपाल भित्रिने भारतीय पर्यटकहरुलाई टोपी, खादा र टिका लगाएर स्वागत गरेका थिए। भ्रमण वर्ष २०२० को सुरुको दिनमा नै सकारात्मक सन्देश दिने उदेश्यले आफुहरुले भन्सार नाकामै पुगेर पर्यटकहरुको स्वागत गरिएको हो। 

‘पाहुँनाहरुको नेपालीहरुले सत्कार गर्न जानेका हुन्छन् भन्ने कुराको राम्रो सन्देश प्रवाह भएको छ’ नगरप्रमुख वडले भने ‘पहिलो दिनमा नै १ सय ५० भन्दा बढी पर्यटकलाई स्वागत गरिएको छ।’

नगरप्रमुख वडले भारतको सिमा सुरक्षावलका प्रमुख, निकुञ्जका प्रमुख, भन्सारका प्रतिनिधिहरु समेतलाई भन्सारमा आयोजना गरिएको स्वागत कार्यक्रममा सहभागि गराएको बताए। धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बुधवार बिहानैदेखि पर्यटकहरुलाई स्वागत गरिएको बताईन्। 

त्यसैगरी धनगढी उप–महानगरपालिकाले भ्रमण वर्ष २०२० लाई सफल पार्न त्रिनगर भन्सार नाकाबाट नै पर्यटकका लागि निशुल्क बस सेवा संचालन गरेको थियो। बस सेवा त्रिनगर भन्सार नाकाबाट बेहडाबावा, थारु होमस्टे गाउँ घुमेर पुनः त्रिनगर भन्सार सम्म संचालन गरिएका थिए। बस सेवा ५ दिन सम्म चल्ने बताईएको छ।
 

कमेन्ट लोड गर्नुस