सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा काँग्रेसको प्रशिक्षण सम्पन्न

२०७६ पुष १६, ०४:४० खबर संवाददाता

धनगढी: ४४औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा कैलालीको क्षेत्र नम्बर ५ अन्तरगत 'ख' प्रदेशमा नेपाली काँग्रेसको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रशिक्षण शाखा कैलालीका प्रमुख नृप सुनार र धनगढी उप–महानगरपालिकाकी उपमेयर शुसिला मिश्र भट्टले संगठनको वर्तमान अवस्था र चुनौतीका विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रम नेपाली काँग्रेस क्षेत्र नम्बर ५ अन्तरगत 'ख' प्रदेशकी सभापति कलावती ओझाको अध्यक्षतामा सम्पन्न भएको हो।

कमेन्ट लोड गर्नुस