धनगढी– ३ का अध्यक्ष ऐरद्वारा जन्मदिनको अवसरमा दृष्टी फाउण्डेसनलाई सहयोग
धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष बलबहादुर ऐरले आफ्नो जन्मदिनको अवसरमा दृष्टी फाउण्डेसनलाई सहयोग गरेका छन्। धनगढीकै वडा नम्बर ७ मा रेहको दृष्टी फाउण्डेसनलाई उनले खाद्यान्न, लत्ताकपडा सहित नगद सहयोग गरेका हुन्।
झण्डै तीस हजार खर्च गर्दै वडा अध्यक्ष ऐरले फाउण्डेसनमा बस्दै आएका असहायका लागि जाडोमा लगाउने लुगा, चामल र दैनिक प्रयोगमा आउने विभिन्न समाग्रीहरु हस्तान्तरण गरेका हुन्। फाउण्डेसनको आवश्यकता अनुसार नै लुगाकपडा, खाद्यन्य सहित अन्य समाग्री हस्तान्तरण गरेको वडाअध्यक्ष ऐर बताए।
१० हजार एक सय ५१ रुपँैया समेत नगद हस्तान्तरण गरेको उनले बताए। १९ वटा वडा रहेको धनगढीमा वडा अध्यक्षबाट पहिलो पटक ऐरले सहयोग गरेको संञ्चालक कल्पना भट्टले बताईन्।