सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा प्रहरी चौकी स्थापना गर्ने प्रकृया सुरु : गृहमन्त्री थापा

२०७६ पुष १५, ०५:५८ खबर संवाददाता

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सीमा सुरक्षाका सवालमा सरकारले काम गरिरहेको बताएका छन्। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा मंगलबार उनले सीमा सुरक्षाका सवालमा दार्चुलामा प्रहरी चौकी स्थापनाको प्रकृयाअगाडि बढेको बताएका छन्।

सशस्त्र प्रहरीका बलका लागि चौकी स्थापना गर्न बजेट छुट्याइएको समेत गृहमन्त्री थापाले जानकारी दिए। दक्षिणमा भारतसँग सीमा जोडिएका क्षेत्रमा १०५ र उत्तरमा ७ ओटा बिओपी थप्न प्रकृया अगाडि बढेको उनले  बताए। 

कमेन्ट लोड गर्नुस