सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले भोली धनगढीबाट भ्रमण वर्षको शुभारम्भ गर्दै

२०७६ पुष १५, ०१:४४ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी मुकाम धनगढीबाट भ्रमण वर्ष २०२० को भव्य कार्यक्रमका बिच शुभारम्भ गर्ने भएको छ। भोलीदेखि सुरु हुने भ्रमण वर्षको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले औपचारिक कार्यक्रमकाबिच उद्घाटन गर्ने कार्यक्रम तय भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

भ्रमण वर्ष सम्पर्क व्यक्ति समेत रहेका मन्त्रालयका शाखा अधिकृत भोजराज पाठकले बुधबार बिहान संघिय प्रहरीको खेल मैदान धनगढीमा हुने औपचारिक समारोहका बिच मुख्यमन्त्री भट्टले भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए। पाठकले भ्रमण वर्षको उद्घाटन पूर्व धनगढीमा सांस्कृतिक झाकी सहितको ¥याली निकालिने बताए।

उनले बिहान १० बजे धनगढी चौराह र क्याम्पस चौकबाट समेत गरी छुट्टाछुट्टै सांस्कृतिक झाकी सहितको ¥याली निकालिने बताए। ¥याली संघिय प्रहरीको खेल मैदानमा पुगेर सभामा परिणत हुनेछ। ¥यालीमा उद्योग वाणिज्य संघ, होटल व्यवसायी लगायतका संघसंस्थाको पनि सहभागिता रहनेछ भने प्रदेशका विभिन्न जिल्लाको भेषभुषा र पहिरन झल्किने झाकी प्रर्दशन गरिने मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले भ्रमण वर्षको भव्य रुपमा उद्घाटन गर्ने कार्यक्रम तय गरेपनि पर्यटकीय स्थलको प्रचार प्रसार र पूर्वाधार विकासमा भने ध्यान नदिएको भन्दै आलोचना हुने गरेको छ। संघिय सरकारले भोलीदेखि सुरु हुन लागेको सन् २०२० लाई भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। तर भ्रमण वर्षमा सुदूरपश्चिममा के–कती पर्यटक भित्र्याउने भन्ने प्रदेश सरकारले कुनै योजना तय नगरेको भन्दै आलोचना हुँदै आएको छ।    
  

 

कमेन्ट लोड गर्नुस