कैलालीमा ४७ वटा छाउगोठ भत्काइयो
कैलाली: कैलालीमा ४७ वटा छाउगोठ भत्काइएका छन। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी र समाजिक अभियन्ता, छात्रा, युवा क्लब लगायतको सहभागितामा ती छाउगोठ भत्काइएका हुन्।
जिल्लाको गोदावरी नगरपालिका– १२ कोल्मुडा र कटान क्षेत्रमा रहेका छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्कीले बताए।
स्थानीय जनप्रतिनिधि लगायत प्रहरीको सक्रियतामा छाउगोठ भत्काई छाउपडीमुक्त क्षेत्र बनाउने र अन्य स्थानहरुमा समेत छाउगोठहरुको पहिचान गरि भत्काउने अभियान संचालन गरिने उनले बताए।