कैलालीका स्थानीय तहले भ्रमण वर्षमा पर्यटक भित्र्याउने योजना बनाउन सकेनन्
संघिय सरकारले काठमाडौँमा र प्रदेश सरकारहरुले आ–आफ्नो केन्द्रमा जनवरी १ तारिक अथवा पुष १६ गतेका दिनमा भव्य समारोहका बिच भ्रमण वर्षको उद्घाटन गर्दै विभिन्न कार्यक्रम गर्ने योजना बनाएका बेला कैलाली स्थानीय तहलाई भने त्यसले छोएको छैन्।
प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी उपमहानगरपालिका सहितका स्थानीय तहले भ्रमण वर्ष विशेष कुनै योजना नबनाएको पाईएको हो। धनगढीमा बेहडाबाबा मन्दिर, जाखोर ताल, शिवपुरी धाम, भादा थारु होमस्टे लगायतका दर्जन बढि धार्मिक एवंम पर्यटकीय स्थल भएपनि भ्रमण वर्षमा बढि भन्दा पर्यटक भित्र्याउने कुनै योजना उपमहानगरपालिकाले तय नगरेको पाईएको छ।
उपमहानगरपालिकाले योजना बनाउने त टाढाको कुरा हो, पर्यटन शाखा नै कर्मचारीको पदपूर्ती गरी व्यवस्थित बनाउन नसककेको देखिएको छ। उपमहानगरपालिकाको पर्यटन शाखा प्रमुख टेकराज भट्टले शाखमै कर्मचारी व्यवस्तापन नहुँदा समस्या भएको सुनाए।
उनले भ्रमण वर्ष विशेष योजना अहिले सम्म बनी नसकेको पनि जानकारी दिए। तर केही पर्यटकीय स्थलको विकासका लागि गुरु योजना बनाउने काम भने जारी रहेको भट्टले दिनेश खबरलाई बताए।धनगढी मात्र होईन जिल्लाका अन्य स्थानीय तहलाई पनि भ्रमण वर्ष सुरु हुन चार दिन बाँकी रहेको कुराको पत्तो छैन्।
खासगरी आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने आकर्षक पर्यटकीय स्थल रहेका स्थानीय पालिकाहरुले नै भ्रमण वर्षमा कसरी बढि भन्दा बढि पर्यटक भ्यिाउन सकिन्छ भन्नेतर्फ ध्यान नदिएको पाईएको छ। पहाडी जिल्लाको प्रवेशद्धवार समेत रहेको गोदावारी नगरपालिका क्षेत्रमा पनि दर्जनौँ धार्मिक तथा पर्यटकीय स्थल छन् तर नगरपालिकाले अहिले सम्म कुनै योजना बनाएको छैन्।
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज विष्टले आईतबार बस्ने कार्यपालिका बैठकबाट भ्रमण वर्ष लक्षित कार्य योजना बनाईने दावी गरे। तर के कस्ता योजना बनाउने भन्ने विषयको टुङ्गो अहिले नै लागी नसकेको उनले बताए।
कैलालीमा आन्तरिक र बाह्य पर्यटकको रोजाईमा पर्ने पर्यटकीय स्थल टीकापुर पार्क पनि हो। तर टीकापुर नगरपालिकाले समेत धनगढी र गोदावरीमा जस्तै भ्रमण वर्ष लक्षित कुनै कार्य योजना बनाएको छै्रन्। यद्यपी टीकापुर नगरपालिका रन्जु आचार्यले भ्रमण वर्षमा पर्यटक भित्र्याउन विशेष योजना ल्याईने दावी गरिन्।
उनले नगरका पर्यटकीय स्थलको विकासका लागि योजना भएपनि भ्रमण वर्ष लक्षित योजना नबनेको उल्लेख गरिन्। स्थानीय तहहरुले गत वर्ष भने कैलाली भ्रमण मनाउने भन्दै ठुलो बजेट खर्च गरेका थिए। जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गर्दै तामझामका साथ भ्रमण वर्षको उद्घाटन गरिएको थियो।
यसक्षेत्रमा खासै पर्यटक भने भित्र्याउन नसकेपछि आलोचना भएको थियो। तर भ्रमण वर्षको मुखमा भने यहाँका स्थानीय तहले कुनै तयारी नगरेको पाईएको हो। जसले गर्दा भ्रमण वर्षमा कैलालीमा बढि भन्दा बढि पर्यटक भित्रिनेमा आशंका गरिएको छ।