सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा लागुऔषध सम्बन्धी प्रहरीसँग अन्तरक्रिया

२०७६ पुष १२, ०८:५८ खबर संवाददाता

कैलाली: कैलालीमा लागुऔषध सम्बन्धी एकदिने प्रहरीसँग अन्तरक्रिया गरीएको छ। जिल्लाको गोदावरी नगरपालिका– ११ को सभाहलमा सम्पन्न उक्त कार्यक्रमको आयोजना गोदावरी नगरपालिका वडा नम्बर १०, ११, १२ को संयुक्त युवा संञ्जाल परिवर्तन राष्ट्रका लागि संस्थाले गरेको थियो।

कार्यक्रम आयोजनाको लागी वडा.नं. ११ का वडा अध्यक्ष शिव विक र वडा नम्बर १२ का वडा अध्यक्ष भिम खड्काले व्यक्तिगत  आर्थिक सहयोग गरेका थिए।

अन्तरक्रिया कार्यक्रममास लागु औषध, ट्राफिक नियम, महिला हिंसा लगायतका विषयहरुमा प्रहरी कार्यालय अत्तरीयाका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्टद्धारा प्रशिक्षण  दिइएको थियो।

कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १०, ११, १२को संयुक्त युवा संञ्जाल परिवर्तन राष्ट्रका लागि संस्थाका सदस्यहरुको सहभागीता रहेको थियो। 

कमेन्ट लोड गर्नुस