सुदूर नेपाललाई विश्वसँग जोड्दै

१४ वर्षीया बालिका बलात्कार गरी १ हजार रुपैयाँ दिने ६९ वर्षीय बृद्ध पक्राउ

२०७६ पुष १२, ०६:२७ खबर संवाददाता

कोही नभएको मौका पारी बालिकालाई १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा बाँफिकोट गाउँपालिका ९ झुलाका ६९ वर्षीय जसे दमाईलाई प्रहरीले शनिबार पक्राउ गरेको छ। दमाईले गत ९ भदौ ११ असोजमा बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । 

दमाईले घटनाबारे कसैलाई नभन्न बालिकालाई १ हजार रुपैयाँसमेत दिएका थिए। र कसैलाई भनेमा मार्ने धम्की दिएका कारण लामो समयसम्म घटना बाहिर आउन नसकेको प्रहरीले बताएको छ।  

परिवारको जाहेरीका आधारमा दमाईलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस