धनगढीमा आज बर्षकै चिसो, न्यूनतम तापक्रम २ डिग्री मापन
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा चिसो बढ्दै गएको छ। पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरू भएकोमा धनगढीमा पनि बढी चिसो महशुस गरिएको हावापानी फिल्ड कार्यालय अत्तरियाले जनाएको छ। चिसो अझै बढ्ने क्रममा रहेको कार्यालयले जनाएको छ।
आज विहान न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस रहेको हावापानी कार्यालय अत्तरियाले जनाएको छ। कार्यालयले अहिले सम्म सबैभन्दा न्यूनतम तापक्रम आज नै मापन गरिएको जनाएको छ। आज अधित्तम तापक्रम भने दिउसो मापन हुने छ।
चिसो बढ्दै गएपछि कैलालीका विभिन्न स्थानमा आगो बाल्ने व्यवस्था समेत मिलाईएको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो बाल्नका लागि दाउरा वितरण गरेका छन्।