बाक्लो हुस्सु र शीतलहरका कारण धनगढीको जनजीवन प्रभावित
धनगढी– शीतलहरका कारण सुदूरपश्चिम प्रदेशको राजधानीको जनजीवन प्रभावित बनेको छ। बाक्लो हुस्सु र शितलहरले जनजीवन प्रभावित भएको हो। चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन्। हिजो धनगढीको अधित्तम तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो भने न्यूनतम तापक्रम ६ डिग्री मापन गरिएको थियो। आज तापक्रम झनै घट्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। यद्यपी अहिले सम्म मापन भने गरिएको छैन्।